एजेन्सी माघ १२ । ३४ सइ किलो मिटर लामो सीमा क्षेत्रमा तनाव रहेको चीन र भारतीय सेनाबीच फेरी झडप भएको छ । यस पटक सिक्किमको नाथुला पास क्षेत्रमा झडप भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमले तीन दिन अघि नाथुला पासक्षेत्रमा भारतीय क्षेत्रमा अघि बढे पछि भारतीय सेनाले जवाफ दिने क्रममा झडप भएको दाबी गरेका छन् ।
यद्यपि, यसबारे चीनको तर्फबाट कुनै प्रतिकृया आएको छैन । झडपमा २० चीनीया सैनिक र करीब एक दर्जन भारतीय सेना घाईते भएको पनि समाचारमा दाबी गरिएको छ ।
जुन १५, २०२० मा लद्धाखको गलवान घाँटीमा भएको झडपमा कर्णेल सहित २० भारतीय सेनाको मृत्यु भए पछि सीमामा दुबैदेशबीच तनाव कायम छ । पटक पटक वार्ता भए पनि सीमाको विवाद साम्य हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline