एजेन्सी माघ १२ । मेक्सीकोका राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज कोरोना संक्रमित भएका छन् । ६७ बर्षे राष्ट्रपति लोपेज आफैले ट्वीट गरेर उक्त जानकारी गराएका हुन् । आफूलाई सामान्य लक्षण देखिएको भन्दै उनले प्रतिनिधि मार्फत आफ्नो काम जारी राख्ने बताएका छन् ।
उनले आफूले आज रुसी राष्ट्रपति भ्लादीमीर पुटिनसगँ फोनवार्ता गर्ने र स्पुतनिभ भी खोप आपुर्तिका बारेमा छलफल गर्ने पनि जानकारी दिए ।
मेक्सीकोमा अहिले सम्म १७ लाख बढी संक्रमित छन् भने डेढ लाख बढीको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline