एजेन्सी माघ ११ । जो बाईडेनले सत्ता सम्हालेको चार दिन पछि नै अमेरीकाले चीनीया सागरमा ९० वटा लडाकु विमान र एउटा युद्धपोत पठाएको छ । यसमा ३ हजार नौसेना समेत रहेको जनाईएको छ ।
ताईवानको एयर स्पेसमा चीनीया लडाकु विमानहरु प्रवेश गरेको समाचार सार्वजनिक भएसगँै अमेरीकाले उक्त कदम चालेको हो ।
दक्षिणी चीनीया सागरमा अमेरीकाले चीनको उपस्थितिको बिरोध गर्दै आएको छ साथै ताईवानलाई समर्थन गर्दै आएको छ ।
साउथ चाईना सीमा चीनले आफ्नो सम्प्रभु क्षेत्र मान्दै त्यसको सुरक्षाका लागि सैन्य अभ्यास र युद्धक विमान एवं युद्धपोत राखिरहेको छ ।
पछिल्लो घटनाक्रमले बाईडेन आए पछि पनि अमेरीका चीन सम्बन्ध तनाव कम भईहाल्ने संकेत देखिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline