आश बोकी जानेहरु लाश बनि आँउदा विमानस्थलमा कसको मन रुदैन ?

आश बोकी जानेहरु लाश बनि आँउदा विमानस्थलमा कसको मन रुदैन ?

  • शनिबार, माघ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.4K
    SHARES

माघ १० काठमाण्डौं । देशमा रोजगारी र आर्थिक अवस्था कमजोर हुँदा विभिन्न सपना र आशा बोकेर जाने युवाहरु बाकसमा फर्किदा परिवारको मन रुने नै भयो । शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकै पटक मलेशियाबाट १९ वटा शवका बाकस आँउदा परिवार भावविहल देखिए ।
कमाई गरेर घर परिवार र सन्तानलाई सुख दिने आशमा गएका युवाहरु परदेशी फिल्ममा गाईएको गीतमा जस्तै लाश बनेर आँउला विमानस्थलको वातावरण नै सन्नाटा छाएको थियो ।
१९ जना मध्य एक जनाको अस्तु आईपुगेको छ भने १८ वटा शब । ती सबै मृतक नेपाली युवाहरुको डिसेम्बर महिनामा मृत्यु भएको हो । मलेशियामा लाखौँ नेपाली कामको सिलसिलामा पुगेका छन् ।
ती शवलाई नेपाल एयरलाइन्सले बिहान त्रिभुवन विमानस्थलमा ल्याइपुर्‍याएको थियो । परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै पठाएको छ ।

बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव आएको हो ।
अझ यो जनवरी महिनामा मृत्यु भएका १६ नेपालीको शब ल्याउन सकिएको छैन ।

देशले रेमिट्यान्समा मात्र गर्व गरीरहेको देखिन्छ । रेमिटयान्स भित्र्याउन गएर यसरी बाकसमा आउनेहरुबारे राज्य गंभीर हुनु पर्ने प्रश्न उठ्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी