एजेन्सी माघ ९ । विश्वका विभिन्न देशका कोरोना बिरुद्ध फाईजरको भ्याक्सिन लगाएर स्वास्थ्यकर्मी र नागरिकको मृत्यु भईरहेका समाचार आईरहेका बेला भारतमा पनि भ्याक्सिन लगाएको ६ दिन पछि एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ । हरियाणाको गुरुग्राममा १६ जनवरीमा भ्याक्सिन लगाएकी एक ५५ वर्षे महिला स्वास्थ्यकर्मीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ती महिलाको घरमै मृत्यु भएको थियो । मृत्युको पछाडी भ्याक्सिन कारण हो कि हैन भनेर भिसरा रिपोर्टको परीक्षण भईरहेको जनाईएको छ । तर परिवारले भ्याक्सिनका कारणले मृत्यु भएको भन्दै भ्याक्सिन बिरुद्ध स्थानीय प्रहरी कार्यलयमा मुद्धा दायर गरेका छन् ।
उनीहरुले मुद्धामा यो भ्याक्सिन अभियान राक्नु पर्ने भ्याक्सिन लगाएका अन्य मानिसमा पनि एलर्जी, रिंगटा चल्ने जस्ता समस्या देखिएको बताएका छन् । भारतमा १६ जनवरीदेखि भ्याक्सिन अभियान चलिरहेको छ ।