माघ ८ एजेन्सी । जो बाईडेनले अमेरीकी राष्ट्रपतिका रुपमा शपथ लिए लगत्तै चीनले निवर्तमान राष्ट्रपति ट्रम्पका स्टेट सेक्रेटरी रहेका माईक पोम्पियो सहित २८ अधिकारीमाथि प्रतिवन्धको घोषणा गरेको छ ।
चीनले आफ्नो आन्तरीक मामलामा हस्तक्षेप गरेको लगायतका मुद्धामा उनीहरुमाथि प्रतिवन्धको घोषणा गरेको हो ।
चीनीया विज्ञहरुले यो कदमलाई उचित समयमा चीन विरोधी शक्ति बिरुद्धको उचित कार्बाही भनेका छन् ।
चीनीया जनताको भावनामा खेलवाड हुने गरी आफ्नो स्वार्थमा गतिविधि गरेको र अमेरीका चीन सम्बन्धमा धक्का पुर्याएको भन्दै प्रतिवधिन्धत गरिएको चीनीया विदेश मन्त्रालयले जनाएको छ ।
ट्रम्प प्रशासनका बेला शुरु भएको ब्यापार युद्ध हुँदै महावाणिज्य दुतावास बन्ददेखि एक अर्काका अधिकारीमाथि प्रतिवन्धको सिलसिला दुबै देशले शुरु गरेका थिए ।
अब बाईडेनले चीन सम्बन्धि कस्तो नीति बनाउने हुन् निश्चित गरीसकेका छैनन् ।