एजेन्सी माघ १ । अमेरीकी राष्ट्रपतिको ईतिहासमा पहिलो पटक दोस्रो पटक महाअभियोगको सामना गर्ने राष्ट्रपतिको रुपमा डोनाल्ड ट्म्प चिनिएका छन् । उनका बिरुद्ध जनवरी ६ मा संसद भवन क्यापिटल हिलमा हिंशा भड्काएको आरोपमा महाअभियोग लगाइएएको हो । यस क्रममा उनकै पार्टीका समेत १० सांसदले भोट दिएका थिए ।
महाअभियोग प्रस्तावको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो । महाअभियोगका लागि २१८ भोटको आवस्यकता पर्छ ।
प्रतिनिधि सभाले यो महाअभियोग प्रस्तावमा मोहर लगाएको छ । अब यसलाई सिनेटमा पेश गरिनेछ । यदी सिनेटबाट पनि बहुमतले यो प्रस्ताव पारित भएमा ट्म्पले पदबाट राजीनामा दिनु पर्नेछ ।
सिनेटमा दुई तिहाई सदस्यले मत दिए ट्म्प पद छाडन बाध्य हुनेछन् । यस अघि सन् २०१९ मा पनि ट्रम्पमाथि महाअभियोग लागेको थियो ।
राष्ट्रपतिमा पराजीत भए पछि हार स्वीकार गर्न नसकेका टम्पले निर्वाचन चोरी भएको झुट्टो दाबी पेश गरे पछि समर्थकहरु बन्दुक सहित संसद भवन पुगेर आक्रमण गरेका थिए । जसमा एक प्रहरी अधिकारी सहित ५ जनाको मृत्यु भएको थियो ।
ट्रम्पको कार्यकाल यही जनवरी २० मा समाप्त हुँदैछ ।