अष्ट्रेलियामा कोरोना महामारीका बीच नेपालीहरुले मनाए पृथ्वी जयन्ती(तस्वीरहरु )

अष्ट्रेलियामा कोरोना महामारीका बीच नेपालीहरुले मनाए पृथ्वी जयन्ती(तस्वीरहरु )

  • मङ्लबार, पुस २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

कोरोना महामारीको दोश्रो लहर चलिरहेको भएपनि अष्ट्रेलियामा नेपालीहरूले नेपाल एकीकरणको महाअभियानका नायक पृथ्वीनारायण शाहको सम्मान र सम्झना र सम्झनामा अन्तर्राष्ट्रिय नेपाली दिवश भव्यताका साथ मनाएका छन्।
युगीन अभिभारा बोकेर विश्वमा एक श्रेष्ठ जातीका रूपमा ‘नेपाली’ पहिचानको अवतरण गराउने नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा यस वर्ष पनि
‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ अष्ट्रेलियाभर मनाईएको युवा अभियन्ता डिला खरेलले बताए।
सिड्नीको ओबनमा आयोजना भएको कर्यक्रममा सहभागीहरूले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर बलियो सुदृढ नेपाल साथै विश्वमानचित्रमा नेपालीलाई स्थापित
गरेको बताए। सहभागीहरूले नेपालमा बढ्दै गएको राजनीतिक ध्रुविकरण र अस्थिरता प्रति चिन्ता व्यक्त गर्दै देशको विकास र नेपाली पहिचानमा जोड दिनुपर्ने बताए।
अष्ट्रेलियामा नेपालीहरूले ‘राष्ट्रिय एकता दिवश’ कै रूपमा अन्तर्क्रियात्मक कार्यक्रम गरेर पृथ्वी(जयन्ती मनाउने गरेकोमा गत वर्ष देखी यसलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को रूपमा व्यापक रूपमा मनाउन थालिएको अभियन्ता मध्येका एक दीपक पौडेलले बताए। पौडेलले भने, ‘पृथ्वीनारायण शाहको अभियान एउटा अन्तर्राष्ट्रिय परिघटना भएकाले उनलाई अन्तर्राष्ट्रिय रूपमा नै ‘युगनेता’का रूपमा नेपालीहरूले बुझ्न र बुझाउनु पर्छ।‘


सिड्नीमा आयोजित कार्यक्रममा सनातन युवा परिषद्का संयोजक तथा युवा अभियन्ता मदनमणि अधिकारीले पृथ्वी जयन्तीलाई संसारभर छरिएका नेपालीले आफ्नो पहिचानको
गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। उनले भने, ‘पृथ्वी(जयन्ती गौरव, श्रध्दा र नेपाली एकताको मियोका रूपमा एउटा अन्तर्राष्ट्रिय दिवश हो।‘

अन्तराष्ट्रिय षडयन्त्र सिध्दान्तका आधारमा नेपाली ईतिहास, धर्म संस्कृती साथै नेपाल एकीकरणको सन्दर्भ र नयाँ न्यारेटिभ स्थापनाका लागी भएका चलखेलले नेपाली जातिको ईतिहास र एकतालाई नै भताभुंग पार्ने अवस्था आईसकेको बताउँदै संयोजक तथा अभियन्ता अधिकारीले भने, ‘नेपाल संगिन घडीमा रहेको अवस्थामा विश्वभर छरिएका नेपालीहरू सचेत र एक हुनुपर्छ भन्ने सन्देशका साथ नेपाली आत्मगौरव र आत्मबोधको
चेत खोल्न पनि पृथ्वीनारायण शाह एउटा मियोका रूपमा छन्।‘
अष्ट्रेलियाको प्रमुख शहर सिड्नीमा दुई कार्यक्रम आयोजना भए। नेपाली बाजा मादल, हार्मोनियम र नेपाली राष्ट्रिय गीतहरूले दिनभर नै सिड्नीको गुन्जायमान भयो भने गैर आवासिय नेपाली संघका पदाधिकारीहरू, अवैतनिक वाणिज्यदूतहरू, नेपाली संघसंस्था साथै समाजका अगुवाहरूले पृथ्वीनारायण शाहको योगदानका बारेमा चर्चा गरेका थिए।


अष्ट्रेलियाको सिड्नी बाहेक भने अन्य शहरहरू क्यानबेरा, मेलबर्न, एडीलेड साथै क्षेत्रिय शहरहरू तासमानिया, डब्बो लगायतका शहरहरूमा पनि पृथ्वी जयन्ती तथा अन्तर्राष्ट्रिय
नेपाली दिवश विभिन्न स्वरूपमा आयोजना भए। अष्ट्रेलियाका विभिन्न शहरमा प्रवासी नेपाली समाजले पृथ्वी जयन्ती कार्यक्रम गरेको प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले बताए। उनले भने, ‘अष्ट्रेलियामा भए पनि नेपालीलाई आफ्नो

ईतिहास सन्तान दरसन्तानलाई परिचित गराउने अवसरका रूपमा पृथ्वी जयन्तीलाई स्थापित गराउन हामीहरू लागीरहेका छौं।‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी