लद्धाखमा चीनीया जनमुक्ति सेनाका एक जवानलाई भारतले नियन्त्रणमा लियो

लद्धाखमा चीनीया जनमुक्ति सेनाका एक जवानलाई भारतले नियन्त्रणमा लियो

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

पुष २५ एजेन्सी । गत आठ महिनादेखि लद्धाख सीमा क्षेत्रमा चीन र भारतबीचको तनाव अझै साम्य भईनसकेका बेला आज एक चीनीया जनमुक्ति सेनाका जवानलाई भारतीय सेनाले नियन्त्रणमा लिएको छ ।
ती चीनीया सेनाले नियन्त्रण रेखा पार गरेकाले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अहिले ती सैनिक जवानलाई हिरासतमा राखिएको बताईएको छ । ती जवानलाई चीनमा फिर्ता पठाईने बताईएको छ ।
केही समय पहिला पनि चीनीया सेनाका एक अर्का जवानलाई भारतीय सेनाले नियन्त्रणमा लिएर पछि फिर्ता गरेको थियो ।
जुन १५ मा गलवान घाँटीमा दुबै देशका सेनाबीच रक्तपातपूर्ण भीडन्त भए देखि सीमा क्षेत्रमा दुबै देशले सेना, हतियार तैनाथी बढाएका छन् । सो झडमा कर्णेल सहित २० भारतीय सेनाको ज्यान गएको थियो । चीनको पनि केही सेना मारिएको बताईए पनि चीनले आधिकारीक रुपमा खुलाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ