ट्वीटरले डोनाल्ड ट्रम्पको एकाउन्ट सँधैलाई बन्द गरिदियो

ट्वीटरले डोनाल्ड ट्रम्पको एकाउन्ट सँधैलाई बन्द गरिदियो

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी पुष २५ । अमेरीकी डोनाल्ड ट्रम्पको अफबाहका कारण क्यापिटल हिल्सको संसद भवनमा हिंशा भड्किएर एक प्रहरी अधिकारी सहित ५ जनाको र्मृत्यु भएको घटनापछि ट्वीटरले उनको एकाउन्टलाई सधैँका लागि बन्द गरिदिएको छ ।
हिंशालाई अझै पनि बढावा दिने आशंकाका कारण सधैलाई टम्पको एकाउन्ट निलम्बन गरिएको ट्वीटरले जनाएको छ ।
यस अघि क्यापिटल हिल्समा ट्रम्प समर्थकले आकमण गरे पछि ट्रम्पको ट्वीटर १२ घण्टाका लागि निलम्बन गरिएको थियो ।


निर्वाचनमा हार स्वीकार गर्न नसकेका ट्रपले निर्वाचन चोरी भएको भन्दै बाईडेनको जीतलाई अस्वीकार गरीरहँदा उनलाई राष्ट्रपतिको मोहर लगाउन संसद बैठक चलिरहेका बेला ट्रम्पका उग्र समर्थकहरु तोडफोड गर्दै बन्दुक बोकेर क्यापिठल हिल्स भवनमा प्रवेश गरेका थिए । त्यस झडपका क्रममा ४ जनाको मृत्यु भएको थियो भने पछि एक प्रहरी अधिकारीको पनि मृत्यु भएको थियो । ति हिंस्रक विद्रोहीहरुलाई ट्रम्पले देशभक्त भनेर ट्वीट गरेका थिए ।
यो घटनापछि ट्रम्पलाई सत्ताबाट अपदस्त गर्न जबरजस्त दबाब बढीरहेको छ । यो घटनाले अमेरीकी प्रजातन्त्रमाथि गंभीर प्रश्न खडा गरेको छ भने यसलाई कालो दिनको रुपमा अमेरीकीहरुले हेरीरहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ