राष्टपति ट्रम्प समर्थकद्धारा अमेरीकामा हिंशा मच्चाइयो, एक जनाको मृत्यु

राष्टपति ट्रम्प समर्थकद्धारा अमेरीकामा हिंशा मच्चाइयो, एक जनाको मृत्यु

  • बिहिबार, पुस २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

पुष २३ वासिङ्टन एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक प्रदर्शन गरेका छन् । हिशाका क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरीले गोली हानेर एक महिलालाई मारीदिएको हो । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु नै लगाइएको छ । स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । हतियार सहित ट्रम्पका समर्थकहरु संसद भवनमा प्रवेश गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार अहिले क्यापिटल हिल्समा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुधबार अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम थियो । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीका अनुसार बुधबार राथत इलेक्टोरल भोटको गणना हुनेछ ।

राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै हिंशा मच्चाएका हुन । पहरीले ट्रम्प समर्थक १३ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
क्यापिटल हिल्समा हिंसा मच्चिएपछि फेसबुक, युट्युब र ट्विटरले राष्ट्रपतिको सन्देशसहितको भिडियो हटाएका छन् । ट्रम्पको निर्वाचनको नतिजा बारेका गलत दाबीहरुले नै हिंशा भड्काउन मद्धत पुगेको विस्वास सहित यो भिडियो हटाईएको जनाईएको छ ।
यस हिंसात्मक घटनाको उपराष्ट्रपति माईक पेन्स र पूर्व राष्ट्रपतिहरुले कडा भत्र्सना गरेका छन् ।


ट्रम्पले नै हिंसा भड्काउन सघाएको भन्दै रिपब्लिकन सांसदका साथै पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टनलगायतले पनि कडा आलोचना गरेका छन् । पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले त एक वक्तव्य जारी गर्दै यस प्रकारको ‘राजद्रोह’ पागलपन भएको प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ