पुष १८ एजेन्सी । निर्वाचन हारे पछि विभिन्न निर्णय र विधेयक ल्याउन सक्रिय अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई झड्का लागेको छ । उनले रक्षा खर्च सम्बन्धि ल्याएको भिटोलाई काँग्रेसले खारेज गरिदिएको हो ।
ट्रम्पको पुरै चार वर्षे कार्यकालमा यो घटना भएको हो । रिपव्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटमा नँया वर्षको पहिलो दिन दुर्लभ सत्रको आव्हान गरेर यो बिषयमा चर्चा भएको थियो ।
यो रक्षा विधेयकमा आउने वर्ष सम्म ७४० अर्ब डलर रक्षा मामलामा खर्च गर्ने विधेयकमा थियो ।
नयाँ काँग्रेस सदस्यले शपथ लिनु दुई दिन अघि मात्रै यो फैसला भएको हो । ट्रम्पको कार्यकाल जनवरी २० बाट समाप्त हुँदै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline