यमनको विमानस्थलमा नवनियुक्त प्रधानमन्त्री चढेको विमान अवतरण लगत्तै शक्तिशाली विष्फोटमा २२ जनाको मृत्यु, प्रधानमन्त्री सकुसल

यमनको विमानस्थलमा नवनियुक्त प्रधानमन्त्री चढेको विमान अवतरण लगत्तै शक्तिशाली विष्फोटमा २२ जनाको मृत्यु, प्रधानमन्त्री सकुसल

  • बिहिबार, पुस १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी पुष १६ । यमनको दक्षिण शहर अदन स्थित विमानस्थलमा शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० बढी घाईते भएको बिबिसीले जनाएको छ ।
साउदी अरबबाट नवगठित सरकारका सदस्यहरुलाई लिएर आएको विमान अवतरण गरे लगत्तै विष्फोट भएको थियो ।
मारिनेमा केही कर्मचारी र सरकारी अधिकारी रहेको बताईएको छ ।
प्रधानमन्त्री र उनको मन्त्रीमण्डल सकुसल रहेको बताईएको छ ।
सरकारले यस आक्रमणका लागि हुति बिद्रोहीलाई जिम्मेवार ठहर्याएको छ ।
प्रधानमन्त्रीमन्त्री अब्दुल मलिक सईद सहित मन्त्रीमण्डलका अन्य सदस्यहरुलाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए ।
२०१५ मा गृहयुद्ध शुरु भए पछि देशको अवस्था निकै खराब भएको छ ।
हुति विद्रोहीकै कारण राष्ट्रपति अब्दुरबु मन्सुर हादी देश छाडेर भागे पछि साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गरेको थियो । त्यस पछि देशको अबस्था अझ बर्बाद भएको बताईन्छ ।
६ बर्षको युद्धको अवधिमा एक लाख १० हजार बढीले युद्धका कारण ज्यान गुमाएका छन् साथै देशको गरीबी र कुपोषणका कारण पनि यस अवधिमा दशौँ हजार मानिसको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ