अमेरीकी कम्पनी फाईजरको कोरोना भ्याक्सिन लगाएको एकसातामै नर्सलाई नै देखियो कोरोना

अमेरीकी कम्पनी फाईजरको कोरोना भ्याक्सिन लगाएको एकसातामै नर्सलाई नै देखियो कोरोना

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

पुष १५ एजेन्सी । अमेरीकी ड्रग निर्माता कम्पनी फाईजर र जर्मनीको बायोनटेकले बनाएको कोरोना बिरुद्धको भ्याक्सिनको विस्वव्यापी चर्चा भयो । र अहिले यो अमेरीका, बेलायत लगायतका देशमा भ्याक्सिन दिन शुरु गरिएको छ ।
तर ती खोप कति विश्वसनीय र प्रभावकारी छन् भन्ने बिषय अहिले पनि उठीरहेको छ ।
अमेरीकाको क्यालिफोर्नियामा फाईजरको कोरोना भ्याक्सिन लगाएको एक महिनामा नै एक नर्सलाई कोरोना पोजेटिभ देखिएको छ । म्याथ्यु डब्लु नामकी ती नर्सले १८ डिसेम्बरमा कोरोनाको भ्याक्सिन लगाएकी थिईन् । उनी दुई अलग अलग अस्पतालमा काम गर्छिन् ।
एबीसी न्युजका अनुसार भ्याक्सिन लगाएको ६ दिन पछि नै क्रिसमसको पुर्व सन्ध्यामा कोविड युनिटमा काम गर्ने क्रममा उनी संक्रमित भएकी थिईन् । शुरुमा भ्याक्सिन लगाउदा कुनै साईड ईफेक्ट नदेखिए पनि पछि उनलाई चिसो लाग्ने र शरीरमा पीडा महसुस भएको थियो । त्यस पछि अस्पताल गएर कोरोना परीक्षण गर्दा उनमा पोजेटिभ पाईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी