कोरोनाबाट प्रभावित अमेरिकीले नागरिकले फेरी दुई हजार डलर राहत पाउने, तल्लो सदनद्वारा माग सदर

कोरोनाबाट प्रभावित अमेरिकीले नागरिकले फेरी दुई हजार डलर राहत पाउने, तल्लो सदनद्वारा माग सदर

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

१४ पुष, एजेन्सी । कोरोना भाइरसको महामारीबाट प्रभावित भएका अमेरिकी नागरिकले फेरि दुई हजार डलर राहतका रुपमा पाउने भएका छन् ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले कोरोनाबाट प्रभावित नागरिकलाई दुई हजार डलर रकम प्रदान गर्ने प्रस्तावमा सहमति जनाएको हो ।

डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन (२७५–१३४) ले राहत रकम ६ सयबाट दुई हजार बनाउने व्यवस्था पारित गरेको हो ।

राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बल्ल हस्ताक्षर गर्नुभएको थियो । तर डेमोक्रेट बहुल तल्लो सदनले ट्रम्पकै माग बमोजिम राहतलाई दुई हजार बनाउन सहमति दिएको हो ।

यससम्बन्धमा अन्तिम निर्णय भने ट्रम्पकै पार्टी रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेट गर्नेछ ।

राहत रकम बढाउने प्रस्तावको विपक्षमा १३० रिपब्लिकन, दुई स्वतन्त्र र दुई डेमोक्र्याट रहेका थिए ।

अमेरिकाले कोरोना भाइरसका कारण अवसर गुमाएकाहरुलाई राहत रकम तिरण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ