कोरोना लागे पछि उपचार नगरिएका भनिएका काला जातिका डाक्टरको अमेरीकामा मृत्यु

कोरोना लागे पछि उपचार नगरिएका भनिएका काला जातिका डाक्टरको अमेरीकामा मृत्यु

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

पुष १२ एजेन्सी । अमेरीकामा काला जातिको भएकै कारण राम्ररी उपचार नपाएको भनिएका एक फिजिसियन डाक्टरको आज मृत्यु भएको छ । उनले दुई साता अघि भिडियो शेयर गरी सेता जातिका डाक्टरहरुले आफ्नो दुखाईलाई वेवास्ता गरेको बताएका थिए । उनको नाम डा. सुसन मुरे हो । कोरोना संक्रमणकै कारण उनको मृत्यु भएको जनाईएको छ ।
उनको ईन्डियाना अस्पतालमा मृत्यु भएको न्युयोर्क टाईम्सले जनाएको छ । उनले दुई साता अघि अस्पतालबाटै भिडियो सार्वजनिक गरेकी थिईन् ।
उनले आफूलाई रेमडीसिविर औषधी चलाउन माग गरेकी थिईन् तर उपचार नभएको उनले बताएकी थिईन् ।
यो पीडादायी भएको उनका परिवारका सदस्यहरुले बताएका छन् । अमेरीकामा कालाजाति माथिको भेदभावको मुद्धा अझै पनि पेचिलो मुद्धाकै रुपमा रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी