पुष १० एजेन्सी । बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता भएको छ ।
माछा मार्ने अधिकार र भावी व्यापार नीतिका बारेमा महिनौसम्मको मतभेदपछि दुवै पक्षबीच ब्रेक्जिटबारे सहमति भएको बीबीसीले जनाएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पत्रकार सम्मेलनमा पूराना कानुन अनुसार नै ब्रेक्जिट सहमति भएको बताउनुभएको छ ।
ब्रेक्जिट सम्झौता समग्र युरोपका लागि फलदायी भएको प्रधानमन्त्री जोनसनको दावी छ । उहाँले वार्षिक ६६८ अर्ब पाउण्ड बराबरको सबैभन्दा ठूलो सम्झौता भएको बताउनुभयो ।
सम्झौताले बेलायती कम्पनीहरुलाई युरोपभर व्यापार बिस्तारमा सहयोग पुग्ने उहाँको विश्वास छ । तर सहमतिका बुँदा भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।
युरोपेली युनियनबाट बाहिरिएको एक वर्षपछि बेलायत पुन औपचारिक रुपमा ईयूको व्यापार नीतिबाट बाहिरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline