राष्ट्रपति बाईडेनले लगाए पहिलो कोरोना खोप

राष्ट्रपति बाईडेनले लगाए पहिलो कोरोना खोप

  • मङ्लबार, पुस ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

पुष ७ काडमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् । उनले खोप लगाउदै गरेको दृष्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कोरोनाको महामारी संसारभर जारी रहेपनि खोपको प्रभावकारीबारे ढुक्क रहन बाईडेनले आग्रह समेत गरेका थिए । उनले अमेरिकाले कोरोनाविरुद्धको खोप पत्ता लगाउनुको जस वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई जानेसमेत धारणा राखेका छन् ।
यसअघि उपराष्ट्रपति माइक पेन्स, सभामुख नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाइसकेका छन् ।

हालसम्म ५ लाख भन्दा बढी अमेरिकी नागरिकलाई खोप लगाइएको बताइएको छ । यता राष्ट्रपति वनइडेनले आफ्नो कार्यकालको एक सय दिनमा १० करोड भन्दा बढीलाई कोराना विरुद्धको भ्याक्सिन लगाउने यसअघि नै घोषणा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ