काबुलमा बम बिस्फोट हुँदा ९ को मृत्यु, मन्त्रीसहित २० बढी घाइते

काबुलमा बम बिस्फोट हुँदा ९ को मृत्यु, मन्त्रीसहित २० बढी घाइते

  • सोमवार, पुस ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

६ पुष, एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट भएको छ । बिस्फोटमा ९ जनाको मृत्यु भएको छ भने आन्तरिक मामिला मन्त्री मसुद अन्दाराबीसहित २० जना भन्दा बढी घाइते भएका छन् ।

घटना लगत्तै सुरक्षा व्यवस्था कडा गरी अनुसन्धान थालिएको छ । बिस्फोटका कारण कयौं सवारीसाधन र घरहरुमा क्षति पुगेको छ ।

यसअघि गत मंगलबार भएको बिस्फोटमा प्रान्तीय गभर्नरसहित तीन जनाको मृत्यु भएको थियो ।

तालिवान विद्रोही र अफगान सरकारबीच शान्ति वार्ताका लागि वार्ता जारी रहेकै बेला बिस्फेटका घटनाहरु हुन थालेपछि अफगान सरकार सशंकित बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ