पुष ५ एजेन्सी । चिलीका राष्ट्रपति सेबास्टियन पिन्योराले कोरोना महामारीका कारण लागेको प्रतिवन्धको उलंघन गरेको भन्दै उनलाई ३५ सय डलर जरिवाना गरिएको छ ।
यस महिनाको शुरुमा एक महिलासगँ पिन्यारोको सेल्फी सामाजिक सञ्जालमा भाईरल बनेको थियो ।
सो तस्वीरमा राष्ट्रपति पिन्यारो र महिला दुबैले मास्क लगाएको देखिदैन । समुन्द्र किनारमा एक महिलाले सेल्फी लिन खोज्दा मास्क नलगाएको प्रति राष्ट्रपतिले माफी समेत मागेका छन् ।
चिलीमा कोरोनाका कारण सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गरिएको छ । ५ लाख ८१ हजार बढी कोरोना संक्रमित पुगेको चिलीमा १६ हजार बढीको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline