एजेन्सी पुष ४ । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसीले भारतले पाकिस्तान बिरुद्ध सर्जिकल स्ट्राईकको योजना बनाईरहेको दाबी गरेका छन् ।
युएईमा भएको प्रेस वार्तामा कुरैसीले भारतमा बढ्दो आन्तरीक असन्तुष्टीलाई ध्यान मोड्न यस्तो योजना बनाएको गुप्तचर संयन्त्र मार्फत जानकारी प्राप्त भएको भन्दै भारतले यदी यस्तो दुस्साहस गरे पाकिस्तानले भरपुर र मुखतोड जवाफ दिने चेतावनी पनि दिए ।
उनले भारतको आन्तरीक अवस्था र कास्मीरको हालतबाट ध्यान मोड्न यस्तो योजना बनाएको पनि दाबी गरे ।
पाकिस्तानले महत्वपूर्ण देशहरुलाई यो खुफिया जानकारी शेयर गरेको र खबरदारी गरेको पनि कुरैसीले बताए ।
कोरोनाका कारण भारतको अर्थव्यवस्थामा भारी नोक्सान भएको पनि उनले टिप्प्णी गरे । अल्पसंख्यकमाथि भेदभावपूर्ण कानुनको बिरुद्ध भारतमा प्रदर्शन भईरहेको र पाकिस्तान बिरुद्ध भ्रम फैलाएर आफूले फाईदा लिन भारतले विगत १५ बर्षदेखि अभियान चलाईरहेको पनि उनले दाबी गरे ।
यस बिषयमा भारतीय अधिकारीहरुको तर्फबाट कुनै प्रतिकृया आएको छैन ।
यसैबीच, भारतले पाकिस्तान प्रशासित कास्मीरमा सिमा क्षेत्रबाट गोली चलाउदा सयुक्त राष्ट्रसंघको गाडीमा समेत क्षति पुगेको पाकिस्तानी सेनाले जनाएको छ । यो घटना शुक्रबार बिहानै भएको बताईएको छ ।