ऐजेन्सी मंसीर ३० । अमेरीकी राष्ट्रपतिमा जो बाईडेन ३०६ ईलेक्टोरल कलेज भोट सहित बिजयी भएको घोषणा भएको छ । ट्रम्पलाई जम्मा २३२ भोट प्राप्त भएको छ ।
अमेरीकामा कुल ५३८ ईलेक्टोरल कलेज भोट हुन्छ । ६ जनवरीमा हाउस अफ् रिप्रेजेन्टेटिभ र सिनेटले मिलेर औपचारीक जीतको घोषणा गर्नेछन् ।
यो जीतको पुष्टी भए पछि बाईडेनले आफू हरेक अमेरीकीको राष्ट्रपति हुने बताएका छन् ।
अब २० जनवरीमा बाईडेनले राष्ट्रपतिका रुपमा शपथ लिनेछन् । यस समारोहमा वर्तमान राष्ट्रपति ट्रम्प भने सहभागी नहुने उनका सल्लाहकारहरुले बताएका छन् ।
आफ्नो हार स्वीकार गर्न निकै कठिन परेका ट्रम्पले मत परिणाम उल्ट्याउन कानुनी उपचारको बाटो लिए पनि सफल हुन सकेनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline