मंसीर २९ एजेन्सी । विश्वमा सबै भन्दा ठूला प्रयोगकर्ता रहेको गुगलको सर्भिस सिस्टममा क्रयास भएको छ । नेपाली समय अनुसार करीब पौने ६ बजेदेखि ४० मिनेट सम्म यसका कारण जीमेल खुलेन भने युट्युबमा समेत भिडियो अपलोड हुन सकेन र यो संसारभर भयो । यति समयमा गुगलका १९ वटा सेवाहरु अबरुद्ध भएको थियो । यसको ठोस कारणबारे गुगलले कुनै धारणा सार्वजनिक गरेको छैन ।
तथ्यांक अनुसार युट्युबमा ६० सेकेण्डमा ५ सय घण्टाको भिडियो अपलोड हुने गरेको छ । अर्थात कुल युट्युव सेवा अवरुद्ध भएको ४० मिनटमा २० हजार घण्टाको डाटा अपलोड हुन सकेन । यसबाट लाखौँ डलरको नोक्सानी भएको युट्युबले जनाएको छ । युट्युबले संसारभरबाट प्रति मिनेट ३२ हजार डलर आमदानी गर्दछ ।
यस्तै सो गुगल सर्भिस क्रयासको ४० मिनेटको अवधिमा ५० करोड युजरले ईमेल गर्न नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
विश्वमा जीमेलको एक सय ८० करोड प्रयोगकर्ता रहेका छन् । यस्तै युट्युबका २ सय करोड प्रयोगकर्ता छन् । ईमेल सेवामा जीमेलको मात्र ४३ प्रतिशत हिस्सा रहेको छ ।