भारतका किशानलाई हतियार लिएर सरकार बिरुद्ध लड्न माओवादीले अपील गरेको भारतीय मिडियाको दाबी

भारतका किशानलाई हतियार लिएर सरकार बिरुद्ध लड्न माओवादीले अपील गरेको भारतीय मिडियाको दाबी

  • शनिबार, मंसिर २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.4K
    SHARES

मंसीर २७ काठमाण्डौं । भारतको किशान आन्दोलनले यतिखेर संसारको ध्यान तानेको छ । संसारभर छरिएका भारतीयहरुले किशानको पक्षमा प्रदर्शन गरेका छन् भने अन्तराष्ट्रिय समुदायबाट समेत किशान आन्दोलनको पक्षमा वकालत भए पछि मोदी सरकारले दबाब महसुस गरेको छ ।
किशानसगँको वार्ता सफल हुन नसकेका बेला आज किशानले जाम आन्दोलन अन्तर्गत सडकहरुमा बिशाल प्रदर्शनहरु गरीरहेका छन् ।
यसै बेला केही भारतीय सञ्चार माध्यममा भारतमा युद्ध लडिरहेको माओवादीको प्रसंग पनि जोडिएको छ । आजतक लगायतमा मिडियामा प्रकाशित प्रशारित खबर अनुसार किशानहरुलाई भाकपा माओवादीले हतियार उठाउन अपील गरेका छन् । पिपल्स लिवरेसन गुरिल्ला आमी ( पिएलजीए ) गठनको २० बर्ष पूरा भएको अवसरमा जारी भएको एक दस्तावेजको हवाला दिदै आजतक र ईन्डिया टुडेले उक्त दाबी गरेका हुन् । किशानले बर्गसंघर्ष गर्नु पर्ने र हतियार उठाउन जरुरी रहेको भनिएको छ । डिसेम्बर २००२ मा भारतीय माओवादीले जनमुक्ति सेना गठन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ