एजेन्सी मंसीर २४ । भारतको आन्ध्रप्रदेशमा एक अनौठो रोग देखा परेको छ । एलुरु शहरमा एकाएक यस रहस्यमयी रोगबाट मानिस धमाधम बिरामी परेका छन् । ५ सय भन्दा बढी बिरामी देखा परीसकेको र एक जनाको मृत्यु समेत भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हरेक ब्यक्तिमा एकै खालको लक्षण देखिएको छ । जस अनुसार मृगी जस्तो गतिविधि गर्ने र एकै छिनमा बेहोस् हुने र केही बेरमा निको पनि हुने गरेको पाईएको छ ।
ईन्डियन एक्सप्रेसका अनुसार ५१० जना बिरामी मध्य ४३० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनीहरु धेरै जसोले रगतसगैँ सिसा बमिट गरेका छन् । स्वास्थ्य अधिकारीहरुले खराब खाना र पानीका कारण यो समस्या भएको हुन सक्ने अनुमान गरेका छन् ।
अधिककारीहरुले रगतको नमुनाको साथै खानेपानी, तेल र चामलको पनि स्याम्पल परीक्षण गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline