एजेन्सी मंसीर २३ । लद्धाखमा भारतसगँ सीमा तनाव यथावत रहेका बेला चीन र पाकिस्तानले भारतीय सीमा नजिक सयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।
यस अभ्यासका लागि चीनबाट अत्याधुकिन लडाकु विमान र ठूलो संख्यामा सेना पाकिस्तान पुगेको छ । जनमुक्ति सेनाले यो अभ्यासको उदेश्य दुबै देशका सेनालाई वास्तविक लडाकु प्रशिक्षित गर्नु रहेको जनाएको छ ।
दुबै देशका सेनाले सिन्धप्रान्तको थाट्टा जिल्लामा रहेको शाहीन ९ नामक युद्ध अभ्यासमा भाग लिनेछन् । यसमा कम्तीमा पनि पाकिस्तान र चीनको गरी ५० बढी युद्धक विमानहरु उडाईने जनाईएको छ । यो अभ्यास डिसेम्बर महिनाभर चल्ने छ ।
यो सैन्य अभ्यास हुने एयरबेस भारतको गुजरात सीमा नजिक रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline