एजेन्सी मंसीर २१ । कोरोना महामारीका बेला अर्जेन्टीनाले सम्पत्ति सम्बन्धि नयाँ कानुन पारित गरेको छ । जसले पूजिपतिहरुमाथि खास कर संकलन गर्ने छ । यस कानुन अनुसार धनीहरुसगँ लिईने करबाट गरीब जनतालाई राहत र औषधी तथा स्वास्थ्य उपकरण खरीदमा खर्च गरिनेछ ।
लखपतिहरुमाथि करका नाममा ल्याईएको यो कानुनको पक्षमा ४२ जना सांसदले मतदान गरेका थिए भने २६ जनाले बिपक्षमा मतदान गरेका थिए ।
यो कानुन अनुसार २५ लाख डलरमाथि सम्पत्ति हुने हरेक व्यक्तिमाथि ट्याक्स लगाईने छ । यस्तो नागरिकको संख्या १२ हजार बढी रहेको तथ्यांकले देखाएको छ ।
अर्जेन्टीनामा कोरोनाका कारण १५ लाख बढी संक्रमित रहेका छन् भने ४० हजार बढीको मृत्यु भईसकेको छ । देशमा साढे ४ करोड जनसंख्या रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline