एजेन्सी ।
रसियाको राजधानी मस्कोमा आज बाट स्पूत्नीक भी खोप मान्छेहरुमा लगाउन थालिएको छ । रसीयाको नयाँ खोलिएका ७० उपचार केन्द्रहरुबाट यस खोपको वितरण गरिएको अन्तराष्ट्रिय सञचारमाध्यमहरुले जनाएका छन् ।
कोरोना विरुद्धको खोपमा पहिलो स्वकृती पाएको यो खोप पहिलो चोटी सर्वसाधरणमा सार्वजनिक रुपमा प्रयोगमा ल्याइएको हो । रसीयाको भर्खरै खोलिएका ७० वटा नयाँ स्वास्थ्य केन्द्रहरुबाट यो खोप स्वास्थ्यकर्मी , शिक्षक तथा शिक्षिका र सामाजिक कार्यमा संलग्न भएकाहरुमा लगाइएको छ ।
यो खोप २१ दिनको अन्तरालमा दुइ चोटी दिनुपर्ने बताइएको छ । यो खोप लगाउन पहिलो ५ घण्टामा ५००० मानिसहरुले लगाउने प्रतिबद्धता जनाएक थिए ।
यो खोप लगाउन १ एक घण्टा समय लाग्ने छ । जसमा पहिलो १० मिनेटमा सामान्य चेक जाँच , त्यसपछि १५ मिनेटमा भ्याक्सिन तयारी गर्ने किनभने यस्लाइ -१८डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ । र बाकीँ रहेका आधा घण्टा खोप लगाएको व्यक्तीलाइ अभजर्ब गरिन्छ ।
यो खोप ६० वर्ष ननाघेकाहरुले मात्र प्राप्त गर्न सक्नेछन् ।
रसियामा गत २४ घण्टामा २८ हजार ७ सय ८२ नयाँ संक्रमित थपिएका छन् । यस्तै सोही अवधीमा ५ सय ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै हाल सम्म रसियामा २४ लाख ३१ हजार ७ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ४२ हजार ६ सय ८४ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।