भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार भन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार भन्दा बढी

  • शुक्रबार, मंसिर १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नयाँ दिल्ली ,१९ मंसिर ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार भन्दा बढी भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।
भारतमा बिहीबार थप ३६ हजार ५९५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार ५५९ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाख १६ हजार २८९ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

सो मन्त्रालयका अनुसार हाल ४ लाख १६ हजार ८२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिनमा ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २७ औं दिन हो । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार १८८ पुगेको छ ।

भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली रहेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ४७ लाख २७ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ