एजेन्सी मंसीर १८ । पाकिस्तानको गुप्तचर संस्था आईएसआईका पूर्व प्रमुख जनरल असद दुरानीले पाकिस्तानका लागि सैन्य रुपमा भारत अब लामो समय सम्म ठूलो चुनौतीको रुपमा नरहने दाबी गरेका छन् ।
बिबिसीसगँ कुरा गर्दै असदले भारतले कास्मीरको बिशेष स्वायत्तता खारेज गर्नेदेखि विभिन्न उसका हिन्दु राष्ट्रवादी कदमले आफै समस्यामा पर्दै गएको पनि टिप्प्णी गरे ।
भारत नियन्त्रित कास्मीरको स्वायत्तता गैर कानुनी रुपमा भारतले अतिक्रमण गरेको पनि उनले बताए ।
फेब्रुअरी सन् २०१९ मा पाकिस्तानी एयरफोर्सले भारत नियन्त्रित कास्मीर बोर्डरभित्रै दुई वटा भारतीय लडाकु विमान खसालेर आफ्नो प्रत्याक्रमणको क्षमता पनि प्रमाणित गरेको असदले उल्लेख गरे ।
भारतसगँ प्रतिरोध गर्न सक्ने पूर्ण क्षमता पाकिस्तानसगँ छ, हामी बरु केही आन्तरीक समस्यामा छौँ तर सधै भारत हाम्रा लागि ठूलो चुनौती बन्ने छैन । असदले दाबी गरे ।
भारत र पाकिस्तान विभाजनको समयदेखिनै शत्रुतापूर्ण सम्बन्धमा रहँदै आएका छन् । दुबै देशबीच विवादको मुख्य बिषय कास्मीर रहँदै आएको छ । दुबै देशबीच पटक पटक युद्ध समेत भएका छन् भने अहिले पनि युद्ध विराम उलंघन र दोहोरो गोली हानाहानमा दुबै देशका सेना र नागरिकले ज्यान गुमाउदै आएका छन् ।