बेलायतले खोल्यो विदेशी दक्ष कामदारका लागि रोजगारीको बाटो, नेपालीले पनि आवेदन गर्न पाउने

बेलायतले खोल्यो विदेशी दक्ष कामदारका लागि रोजगारीको बाटो, नेपालीले पनि आवेदन गर्न पाउने

  • बुधबार, मंसिर १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.4K
    SHARES

मंसीर १७ काठमाडौं । युरोपियन युनियनबाट छुट्टिएको बेलायतले वर्किङ भिषामा विदेशबाट कामदार आफ्नो देशमा आउन पाउने नयाँ कानुन बनाएको छ । यसका लागि नेपाली सहित विदेशी कामदारले अनलाईनबाटै भिषा आवेदन दिन सक्नेछन् ।
बेलायत सरकारले डिसेम्बर १ तारिखदेखि अंकमा आधारित भिसा प्रणाली सुरु गरेको जनाएको छ ।
बेलायतमा कामका लागि जान चाहने विदेशी नागरिकहरुले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन पाउने र आउँदो जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि अनुमति दिइने बेलायत सरकारले जनाएको छ । बीबीसीका अनुसार बेलायतमा कामका लागि जान चाहनेहरुले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनुपर्नेछ । आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ ।

बेलायत प्रवेशका लागि मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलब कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्ने बेलायती इमिग्रेशनले जनाएको छ ।

बेलायतमा जान चाहने सबै प्रक्रिया पूरा गरेपछि भिसाको निर्णय तीन साताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने त्यहाँको सरकारले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी