एजेन्सी मंसीर १३ । ईरानले आफ्ना परमाणु वैज्ञानिक मोहसिन फखरीजाहेदको हत्यामा ईजरायलको संलग्नताको दाबी गर्दै उचित बदला लिने चेतावनी दिएको छ ।
हिजो वैज्ञानिक मोहसिनको हत्या भएको थियो । ईरानका राष्ट्रपति हसन रुहानीले राज्य टेलिभिजनसगँ कुरा गर्दै ईरानी जनता बुद्धीमान भएको र ईजरायलको जालमा नफस्ने बताए ।
उनले शत्रु बिरुद्ध उचित समयमा बिजुलीको गतिमा बर्सिने चेतावनी दिए । ईरानको यो चेतावनीसगैँ ईजरायलले विभिन्न देशका आफ्ना दुतावासहरुलाई उच्च सतर्कतामा राखेको बताईएको छ ।
यस अघि पनि सन् २०१० देखि २०१२ भित्रमा चार जना ईरानी वैज्ञानिकहरुको हत्या भएको थियो जसमा ईजरायलको हात रहेको भनिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline