ईरानका परमाणु वैज्ञानिक मोहसिनको हत्या, अधिकारीहरुद्धारा ईजरायली संलग्नताको आशंका

ईरानका परमाणु वैज्ञानिक मोहसिनको हत्या, अधिकारीहरुद्धारा ईजरायली संलग्नताको आशंका

  • शुक्रबार, मंसिर १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी मंसीर १२ । ईरानका परमाणु वैज्ञानिक मोहसिन फखरी जाहेदको आज हत्या भएको छ । ईरानी रक्षा मन्त्रालयका अनुसार राजधानी तेहरान नजिकै अबसार्ड शहरमा उनी चढेको गाडीमा आतंकवादीहरुले हमला गर्दा उनको निधन भएको हो ।
हमला पछि तत्कालै अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।
ईरानका बिदेश मन्त्री मोहम्मद जवाद जरीफले यसलाई राज्य प्रायोजित आंतकको घटना भनेका छन् ।
पश्चिमा देशका जासुसी एजेन्सीहरुले मोहसिनलाई परमाणु गोप्य कार्यक्रमहरुमा हात रहेको बताउदै आएका थिए । विदेशी राजनीतिकहरुले मोहसिनलाई ईरानको परमाणु बमको पिताको रुपमा ब्याख्या गर्दथे ।
सन् २०१० देखि १२ को बीचमा ईरानका चारब जना परमाणु वैज्ञानिकको हत्या भएको थियो र यस हत्यामा ईजरायललाई जिम्मेवार ठहर्याईएको थियो ।
स्थानीय प्रत्यक्षदर्शीले मोहसिनका अंगरक्षकको प्रतिकार्बाहीमा चार जना हतियारधारी पनि मारिएको बताईएको छ ।
ईरानका विदेश मन्त्री जवाद जरीफले ट्वीटरमा यो हत्यामा ईजरालयको हात रहेको संकेत देखिएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ