ईथियोपियामा द्धन्द अन्त्य नभए मानवीय संकट आउने

ईथियोपियामा द्धन्द अन्त्य नभए मानवीय संकट आउने

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी मंसीर १० । इथियोपियाको उत्तरी तिग्रे क्षेत्रमा द्धन्द अन्त्य नभए मानवीय संकट आउने राष्ट्र संघले चेतावनी दिएको छ । प्रधानमन्त्री अबि अहमदले गत आइतबार विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएसँगै त्यहाँका नागरिकको सुरक्षाको विषयलाई लिएर राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

तीन सातादेखि सरकारी सेना र विद्रोहीबीच जारी संघर्ष अन्त्यका लगि सरकारले अल्टिमेटम दिएसँगै सर्वसाधारणको रक्षाको विषयलाई लिएर राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

विद्रोही र सरकारी सेनाबीच जारी युद्धकै कारण यसअघि नै हजारौं सर्वसाधारण विस्थापित भइसकेका छन् ।

सरकार र विद्रोहीका सैन्य गतिविधिले अझै बढी नागरिक पलायन हुने भन्दै विभिन्न दातृ निकायहरुले वार्ताबाट समस्या समाधानको पहल गर्न आग्रहसमेत गरेका छन् ।

यता विद्रोही समूहले भने सरकारी चेतावनीको प्रतिकार गर्ने जनाएको छ ।

विद्रोहीले ६ हजार भन्दा बढी मानवअधिकार उल्लंघनका घटना गरेको दावी गरेको छ । उनीहरुले ठूलो संख्यामा मानिसहरुको हत्या गरेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ