पुटिनले विस्वास गरेको यो परमाणु क्षेप्यास्त्र जसले पश्चिमा शक्तिबाट रुसलाई बचाउन सक्छ

पुटिनले विस्वास गरेको यो परमाणु क्षेप्यास्त्र जसले पश्चिमा शक्तिबाट रुसलाई बचाउन सक्छ

  • बिहिबार, मंसिर ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 27.3K
    SHARES

पुटिनले विस्वास गरेको यो परमाणु क्षेप्यास्त्र जसले पश्चिमा शक्तिबाट रुसलाई बचाउन सक्छ
एजेन्सी मंसीर ४ । पश्चिमा शक्तिहरुको सधैँ तारोमा हुन्छ रुस । खास गरी शीत युद्ध अघिको अवस्थामा जस्तो नभए पनि रणनीतिक हतियार र प्रविधिमा रुस अहिले पनि अब्बल छ र परमाणु हतियार विश्वमा सबै भन्दा बढी रुससगँ नै छ ।
यसका बीच पनि खास गरी अमेरीकी नेतृत्वको नाटो सैन्य गठबन्धन र युरोपका केही देशहरु रुसको लागि रणनीतिक सुरक्षासगँ चुनौतीको बिषय बनिरहने गर्दछ ।
पछिल्लो कोरोना महामारीको समयमा समेत रुसका सीमा क्षेत्रहरुमा अमेरीकी नेतृत्वको नेटो गठबन्धनका सेनाहरुको केन्द्रीकरण, सैनिक अभ्यास र हतियारको तैनाथी आदिले रुसलाई चिन्तत बनाएको छ ।
यस्तो स्थितिमा हालै रुसमा रक्षा अधिकारीहरुको बैठकमा राष्ट्रपति भ्लादीमीर पुटिनले अहिले विश्वमा सैन्य चुनौतीको प्रवृतिमा परिवर्तन आएको भन्दै रणनीतिक परमाणु हतियार मुख्य हुने र यसले नै रुसलाई बचाउने र विश्वमा स्थीरताका लागि मद्धत पुग्ने बताए ।
परमाणु हतियार प्रणालीलाई थप आधुनिकीकरण गर्ने र विश्वमा शक्ति सन्तुलन कायम गर्ने सुरमा पुटिन रहेका छन् ।
रुसले राडारले समेत पत्ता नलगाउने हाईपर सोनिक मिसाईलको विकास गरेको छ । जसले क्षणभरमै शत्रुका निशानाहरुलाई तहसनहस पार्न सक्छ । हवाई, स्थल र समुन्द्र तीनै क्षेत्रबाट परमाणु हतियार प्रहार गर्ने क्षमता, उच्च हिमाली क्षेत्रमा रोबोर्ट सेनाको तैनाथी पनि रुसले गरीसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ