एउटै ईन्जिनियरले ५० बालबालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ

एउटै ईन्जिनियरले ५० बालबालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ

  • बुधबार, मंसिर ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 27.4K
    SHARES

एजेन्सी मंसीर ३। भारतको उत्तरप्रदेशमा ५० बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् ।

उत्तर प्रदेशको सिंचाई विभागमा कार्यरत जुनियर इन्जिनियर बालबालिकाहरुमाथि यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका हुन् । ती इन्जिनियरले ५० बालबालिकामाथि यौन उत्पीडन गरेको भिडियो बनाउने र तस्बिर बेच्ने गरेको खुलासा भएको छ ।

उनले अनलाइनमार्फत विगत १० वर्षदेखि ५ देखि १६ वर्षसम्मका बालबालिका र किशोरीहरुमाथि यौन उत्पीडन गर्दै आएको अनुसन्धानबाट खुलेको छ । यौन उत्पीडनमा पर्ने बालिका र किशोरी उत्तर प्रदेशको चित्रकुट, बांदा र हमिरपुरा जिल्लाका रहेका छन् ।

पीडितहरुलाई शान्त राख्न नगद र मोबाइल फोन समेत उपहार दिने गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी