मंसीर ३ एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले गत अगष्टमै रुसले विकास गरेको कोरोना बिरुद्धको भ्याक्सिन स्पुतनिक भी चीन र भारतमा पनि ै गर्न सकिने प्रस्ताव गरेका छन् ।
गामलाय ईन्सिटीच्युटले विकास गरेको विश्वकै पहिलो कोरोना बिरुद्धको खोप हो । ब्रिक्सको भिडियो कन्फेरेन्स मार्फत भएको बैठकमा पुटिनले सो प्रस्ताव गरेका हुन् ।
गत अगष्ट ११ मा रुसले यो भ्याक्सिन पञ्जीकरण गरेको थियो । यो भ्याक्सिन सबै भन्दा पहिला पुटिनकी छोरीलाई लगाईएको थियो ।
यस अघि दक्षिण अफ्रीकाले रुससगँ भ्याक्सिन उत्पादनमा सहमति गरीसकेको छ । ब्राजिलले पनि रुसी भ्याक्सिन अर्डर गरीसकेको छ । भारत पनि त्यो प्रकृयामा रहेको छ ।
पुटिनले चीन र रुसमा भ्याक्सिन उत्पादन हुँदा ब्रिक्स देशरुको पहल पनि बढ्ने र आफ्नो मुलुकको आवस्यकता पूर्ति गर्नुका साथै अन्यलाई मद्धत पुर्याउन पनि सहज हुने बताए ।