कोरोनाको खोप क्रिसमसअघि वितरण गर्ने बेलायतको घोषणा

कोरोनाको खोप क्रिसमसअघि वितरण गर्ने बेलायतको घोषणा

  • सोमवार, मंसिर १, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

एजेन्सि, १ मंसिर ।

बेलायतले आगामी क्रिसमसभन्दा अघि नै कोरोनाविरुद्धको खोप सार्वजनिक गर्न सकिने बताएको छ ।

स्वास्थ्यमन्त्री माट हेनककले फाइजर कोभिड १९ भ्याक्सिन डिसेम्बरको सुरुदेखि नै तयार हुने बताएका छन् । उनले भने, ‘यो खोप जति छिटो आयो त्यति नै छिटै हामी यसलाई वितरण गर्ने तयारीमा छौँ । हामी डिसेम्बरको सुरुदेखि नै तयार हुनेछौँ, तर क्रिसमसभन्दा अघि नै सुरु गर्ने सम्भावना धेरै छ ।’

यदी सुरक्षित र प्रभावकारी ठहरिएको खण्डमा क्रिसमस भन्दा अघि नै वितरण गरिने उनले भने ।

बेलायत, चीन, रुस, अमेरिका, ब्राजिल लगायत देशले तयार पारेका खोप परीक्षणको अन्तिम चरणमा छन् । तीमध्ये केही २०२१ को सुरुमा र केही २०२० को अन्त्यसम्म सार्वजनिक हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ