कार्तिक २९ एजेन्सी । पाकिस्तान भित्र अस्थीरता पैदा गर्न भारतले आंतकवादी संगठनहरुको गठबन्धन बनाएर अस्थीरता मच्चाईरहेको पाकिस्तानले दाबी गरेको छ ।
पाकिस्तानको विदेश मन्त्रालय र सेनाले सयुक्त रुपमा पत्रकार सम्मेलन मार्फत उक्त दाबी गरेका हुन् । नियन्त्रण रेखामा पछिल्लो समयकै सबै भन्दा ठूलो गोलाबारी भएर हताहती भएको एक दिन पछि पाकिस्तानले यो दाबी गरेको छ ।
पाकिस्तानी विदेश मन्त्री मोहम्मद कुरैसी र सैन्य प्रवक्ता मेजर जनरल बाबर ईफ्तीखारले पाकिस्तानमा हुने आतंकवादी हमलाहरुमा भारत र भारतको जासुसी संस्थाहरुको संलग्नताको प्रमाण रहेको पनि बताए ।
यसै विषयलाई लिएर पाकिस्तानी प्रधानमन्त्रीले पनि गएराति एक ट्वीट गर्दै भारतको यो रबैयामाथि दबाब दिन अन्तराष्ट्रिय समुदायलाई अपील गरेका छन् ।

खानले पाकिस्तानमा भारतको राज्य प्रायोजित आतंकवाद, भौतिक सामाग्री, पैसा दिएर भारतीय राज्य संयन्त्र प्रत्यक्ष रुपमा संलग्न भएको प्रमाणीत भएको पनि ट्वीटरमा उल्लेख गरेका छन् ।
यस अघि केही बर्ष अघि पाकिस्तानको बलुचिस्तानमा त्यस्तै गतिविधिमा संलग्न रहेका बेला रअका जासुस अवीजित पक्राउ परे पछि अहिले उनी पाकिस्तानी जेलमा छन् । सैन्य अदालतले उनलाई मृत्युदण्डको सजाय तोके पनि अन्य अदालतमा मुद्धा बिचाराधीन रहेको छ ।