भारत र पाकिस्तानबीच सीमामा गोली हानाहानः ४ भारतीय सेनाको मृत्यु, ८ पाकिस्तानी सेना मारिएको दाबी

भारत र पाकिस्तानबीच सीमामा गोली हानाहानः ४ भारतीय सेनाको मृत्यु, ८ पाकिस्तानी सेना मारिएको दाबी

  • शुक्रबार, कार्तिक २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

कार्तिक २८ एजेन्सी । कास्मीरी नियन्त्रण रेखामा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा ४ जना भारतीय सेनाका जवान र अन्य ६ जना सर्वसाधारण मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमले ८ जना पाकिस्तानी सेना पनि मारिएको दाबी गरेका छन् । तर पाकिस्तानी सेनाले ट्वीटर मार्फत एक जना सर्वसाधारणको भारतीय सेनाको गोलीबाट मृत्यु भएको जनाएको छ ।
भारतले पाकिस्तानी सेनाको कैँयौ पोष्टहरु ध्वस्त पारेको दाबी गरेको छ भने पाकिस्तानी सेनाले भारतको पोष्टहरुमा ध्वस्त पारेको दाबी गरेको छ ।
सन् २०२० मा मात्रै भारतीय सेनाले २६६० पटक युद्ध विराम भंग गर्दै फायर गरेको र यस अवधिमा १९ सर्वसाधारणको मृत्यु भएको पाकिस्तानले जनाएको छ । भारतले पनि लगातार पाकिस्तानले युद्धबिराम उलंघन गरेर गोली चलाउने गरेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ