चीनले दियो जो बाईडेनलाई बधाई

चीनले दियो जो बाईडेनलाई बधाई

  • शुक्रबार, कार्तिक २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाडौँ कार्तिक २८ । चीनले ढिलो गरी भए पनि अमेरीकी राष्ट्रपतिमा निर्वाचित जो बाईडेनलाई बधाई दिएको छ । यस अघि चीन, रुस, मेक्सिको लगायतका देशले बाईडेनलाई बधाई नदिएकोमा अनेक अड्कल काटिएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आज प्रेस कन्फेरेन्समा राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन् ।
प्रवक्ता वाङले आफूहरु अमेरीकी नागरिकको छनौटलाई सम्मान गर्ने पनि बताएका छन् ।

अहिलेसम्म बाइडेनले २९० इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २१७ भोट पाएका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

शनिबार जो बाइडेनलाई आधिकारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको घोषणाको तयारी भएको छ । तर अहिले सम्म राष्ट्रपति ट्रम्पले निर्वाचन हारेको स्वीकार गरीसकेका छैनन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ