तत्कालका लागि भारत र चीनबीच संभावित युद्ध टर्यो, दुबै देशले नियन्त्रण रेखाबाट सेना पछि हटाउने

तत्कालका लागि भारत र चीनबीच संभावित युद्ध टर्यो, दुबै देशले नियन्त्रण रेखाबाट सेना पछि हटाउने

  • बिहिबार, कार्तिक २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एजेन्सी कार्तिक २७ । छिमेकी मुलुक चीन र भारतबीच लद्धाख सहित सीमा क्षेत्रको बिषयलाई लिएर बढ्दो तनाब तत्कालका लागि कम हुने संकेत देखिएको छ ।
हिन्दुस्तान टाईम्सका अनुसार लद्धाखको मुख्य झडप बिन्दु सहित नियन्त्रण रेखाबाट सेना फिर्ता गर्न दुबै देश तयार भएका छन् ।
यद्यपि, सैन्य कमाण्डर स्तरको बार्तामा अझै हस्ताक्षर भने भईसकेको छैन । गलवानमा गत जुन १५ मा भएको झडपमा २० भारतीय सेनाको मृत्यु भए पछि दुबै देशबीचको तनावले युद्धको रुप लिने खतरा बढेको थियो ।
अहिले भारी मात्रामा सेना, क्षेप्यास्त्र, लडाकु विमान र बन्दोबस्तीका सामान दुबै देशले तैनाथ गरेका थिए । यी सबैलाई पुरानै अवस्थामा फर्कान चरणबद्ध रुपमा काम गर्न भारत र चीन तयार भएको खबर भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
आठौ पटकको कमाण्डर स्तरमा भएको वार्ताले सेना पछि हटाउने रुपरेखा तयार पारेको भनिएको छ ।
यस अघि रुसमा विदेशमन्त्री, रक्षा मन्त्री स्तरमा वार्ता हुँदा पनि केही सहमति बने पनि कार्यन्वयन हुन सकेको थिएन ।
भारत र चीनबीच सन् १९६२ देखि नै लद्धाख सहित ३५ सय बर्ग किलो मिटर सीमा क्षेत्रमा तनाव बढ्दा युद्ध हुन पुगेको थियो । त्यस पछि सबै भन्दा बढी तनाव सन् २०२० मा बढेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ