अजरबैजान र अर्मेनियाबीच युद्धबिराम सम्झौता पछि रुसी शान्ति सेना तैनाथ

अजरबैजान र अर्मेनियाबीच युद्धबिराम सम्झौता पछि रुसी शान्ति सेना तैनाथ

  • बिहिबार, कार्तिक २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कार्तिक २७ एजेन्सी । अजरबैजान र अर्मेनियाबीच ६ हप्ता लामो युद्ध अन्त्य गर्ने सम्झौता गर्न पहल गरेको रुसले नारोगोन काराबाख क्षेत्रमा आफ्नो शान्ति सेना तैनाथ गरेको छ ।
दुबै मुलुक पूर्व सोभियत महासंघका सदस्य राष्ट्रहरु हुन् । रुसको पहलमा गत सोमबार त्रिपक्षीय सम्झौता भएको थियो ।
नारोगोन काराबाख क्षेत्र अन्तराष्ट्रिय स्तरमा अजरबैजानको मानिए पनि अर्मेनियाको नियन्त्रणमा रहँदै आएको थियो । सोही क्षेत्रमाथि नियन्त्रणलाई लिएर दुबै देशबीच युद्ध हुँदै आएको थियो ।
सम्झौता अनुसार अजरबैजानले कब्जा गरेका केही ईलाकामा उसको नियन्त्रण रहने उल्लेख भएकाले पनि सो देशका जनता खुसी भएका छन् तर अर्मेनियाले सम्झौता अनुसार भूमि गुमाएको भन्दै सरकार बिरुद्ध प्रदर्शन भएको छ ।
रुसका राष्ट्रपति भ्लादीमीर पुटिन, अजरबैजानका राष्ट्रपति ईलहाम अलियेव र अर्मेनियाका प्रधानमन्त्री निकोल पाशियान्सले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यस युद्धमा दुबै तर्फका करीब ७ हजार मानिसको मृत्यु भएको थियो ।
अब करीब २ हजार रुसी सेनाले युद्ध रोक्नुका साथै मध्यस्थताको काम गर्ने छन् ।
रुसले पाँच वर्ष सम्म त्याहाँ सैनिक खटाउने योजना बनाएको छ । दुबै देशका बिदेशमन्त्री स्तरमा मस्कोमा वार्ता भएर लागू भएको युद्धविराम पालना नभए पछि राष्ट्रपति भ्लादीमीर पुटिनले पहल लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ