एजेन्सी कार्तिक २५ । अमेरीकी राष्ट्रपतिमा निर्वाचित भए लगत्तै जो बाईडेनले अमेरीकामा कोरोना नियन्त्रणका लागि विज्ञ तथा वैज्ञानिकहरु सम्मिलित १३ सदस्यीय टास्क फोर्स गठन गरेका छन् । साथै उनले सम्पूर्ण जनतालाई मास्क लगाउन अपील गरेका छन् । कोरोना नियन्त्रण पहिलो प्राथमिकता रहेको भन्दै भ्याक्सिन बन्न अझै केही समय लाग्ने भएकाले संक्रमण रोक्न मास्क लगाउन अपील गरेका हुन् ।
यस अघि ट्रम्पले बेला बेला मास्कको बिरोध गर्दै आएका थिए ।
बाईडेनले आफ्नो काम शुरु गरीसके पनि ट्रम्पले अझै हार मानेका छैनन् । उनी सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline