एजेन्सी कार्तिक २४ । विकासमा तीव्र गतिमा फड्को मारीरहेको चीनले सिचुवान तिव्वत जोड्ने ठुलो रणनीतिक महत्वको रेल परियोजना निर्माण गर्न लागेको छ । आईतबार यस परियोजनाबारे निर्देशन दिदै राष्ट्रपति सि ले यो रेल मार्गले कम्युनिष्ट पार्टीको तिव्वतलाई विकासको नयाँ युगमा पुर्याउने लक्ष्य भेटाउन, राष्ट्रिय सुरक्षालाई थप सुदृढ र एकतावद्ध बनाउन र जनताको ऐक्यवद्धतासगैँ जरुरी रहेको बताए ।
यो परियोजनाले सिचुवान र तिव्वतको विकासमा ठूलो योगदान पुर्याउने उनले बताए ।
भौगोलिक तथा वातावरणीय अवस्था, भूस्खलन भईरहने क्षेत्र भए पनि चीनीया समाजवादी पद्धति र सोचले ती सबै निर्माण गर्न संभव हुने सिले जोड दिए ।
हिमाल र पहाडहरु पार गर्नु पर्ने यो रेल मार्ग एक हजार ११ किलो मिटर लामो बन्दै छ । यसमा प्रति घण्टा एक सय २० किलोमिटर देखि २ सय किलो मिटर सम्म चल्न सक्ने रेल क्षमताका लागि मार्ग बनाईन लागेको हो ।