एजेन्सी कार्तिक २४ । अमेरीकामा राष्ट्रपतिय निर्वाचन सकिएर जो बाईडेन निर्वाचित भएर ट्रम्प पाखा लाग्ने निश्चित भएका बेला ईरानले आफ्नो भूमिगत क्षेप्यास्त्र भण्डारको तस्वीर सार्वजनिक गरेको छ ।
ईरानको स्टेट टिभीले यो तस्वीर सार्वजनिक गरेको छ । अमेरीका र ईजरालयको संभावित आक्रमणबाट जोगाउन र प्रत्याक्रमण गर्न भूमिगत प्रणाली तैनाथ गरिएको बताईएको छ ।
यी क्षेप्यात्रहरु हर्मुज खाडीमा उपस्थित हुन सक्ने अमेरीकी सैन्य शक्ति र ईजरायललाई लक्षित गरेर तैनाथ गरिएका हुन् ।
ट्रम्प कार्यकालमा ईरानसगँ भएको परमाणु सम्झौताबाट फिर्ता भएर थप प्रतिवन्ध लगाएका थिए । अघिल्लो ओबामा कार्यकालमा ईरानसगँ उक्त सम्झौता भएको थियो ।
अब बाईडेन ओबामाकै कार्यकालका उपराष्ट्रपति भएकाले पनि ईरानसगँ सम्बन्ध सुधारमा प्रयास हुन सक्ने अपेक्षा गरिएको छ ।
ट्रम्पले ईजरायललाई मध्यपूर्वमा थप शक्तिशाली बनाउन सहयोग गर्दै अन्य खाडी राष्ट्रहरुसगँ ईजरायलको सम्बन्ध सुधार गराउन थालेका थिए ।