कार्तिक २४ एजेन्सी । अमेरीकाको अधिक चर्चा पाएको राष्ट्रपतिय निर्वाचनमा डेमोक्रयाट्स उम्मेद्धार जो बाईडेन निर्वाचित भए पछि विश्वभरका नेताहरुले बधाई सन्देश पठाएका छन् । तर ठूला महाशक्ति बन्दै गरेको चीन र अर्को महाशक्ति रुसले बाईडेनलाई बधाई दिएको छैन ।
बाईडेनको जीतमा अहिले सम्म चीन र रुसबाट कुनै प्रतिकृयाहरु प्राप्त नभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चीनसगँ ट्रम्प कार्यकालमा सम्बन्ध तनावपूर्ण रहेको छ । एकातिर व्यापार युद्ध चलिरहेको छ भने अर्कोतिर दक्षीणी चीनीया सागर, ताईवान, हङकङ मामलामा पनि अमेरीकाले चीनमाथि दबाब बनाईरहेको छ ।
मेक्सिको सहित अन्य केही देशले पनि अहिले नै बधाई दिनु हतारो हुने प्रतिकृया दिएको छ ।
डोनाल्ड ट्रम्पले आफू बिजयी भएको र कानुनी लँडाई शुरु गरेको बताएका कारणले पनि प्रतिकृया आउन ढिलाई भएको हो या अरु नै यसबारे कुनै विवरण प्रकाशित छैनन् ।
जो बाईडेनले अमेरीकी ईतिहासमा सबै भन्दा बढी लोकप्रिय मत हासिल गर्दै ४६ औँ राष्ट्रपति बन्न सफल भएका छन् ।
ट्रम्प दोस्रो कार्यकालका निर्वाचित हुन नसक्ने ११ औं असफल राष्ट्रपतिमा दर्ज भएका छन् ।
यसैबीच बाईडेनले ट्रम्पले लिएका केही नीतिहरुलाई तत्काल खारेज गरेर अमेरीकालाई विश्वको नेतृत्वदायी अवस्थामा अघि बढाउने तयारी थालेका छन् ।
बाईडेनका सल्लाहकारहरुले पर्यावरण सम्बन्धि पेरिस सम्झौतामा पुनः फर्कने लगायतका बिषयमा परामर्श शुरु गरेको केबल न्युज नेटवर्कले जनाएको छ ।