भारतमा कोरोना सङ्क्रमित ७९ लाख ९० हजार, एक लाख २० हजारको मृत्यु

भारतमा कोरोना सङ्क्रमित ७९ लाख ९० हजार, एक लाख २० हजारको मृत्यु

  • बुधबार, कार्तिक १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

नयाँदिल्ली, १२ कात्तिक । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यो सहित भारतमा कूल सङ्क्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख १० हजार ८०३ जना सक्रिय सङ्क्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ५०८ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ ।

भारतमा कोभिड–१९ को सङ्क्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० जना पुगेको छ ।
मन्त्रालयले भारतमा कूल जनसंख्यामा सङ्क्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना सङ्क्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १६९, फ्रान्समा ५११, बेलायतमा ६४४ र संयुक्तराज्य अमेरिकामा ६६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतीय महाराष्ट्र राज्य कोरोना सङ्क्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ अझै पनि एक लाख ३२ हजार व्यक्ति सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ ४३ हजार ४६३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ७८ हजार व्यक्ति निको भएका छन् ।

कर्नाटक राज्यमा ७१ हजार सक्रिय सङ्क्रमित रहेकामा सात लाख २७ हजार निको भएका छन् भने १० हजार ९९१ जनाको मृत्यु भएको छ ।

पश्चिम बङ्गलामा ३७ हजार १७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । तमिल नाडूमा २७ हजार ७३४ जना सक्रिय सङ्क्रमित र राष्ट्रिय राजधानी दिल्लीमा २७ हजार ८७३ जना सक्रिय सङ्क्रमित रहेका जनाइएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म १० करोड ५४ लाख ८७ हजारको नमूना परीक्षण गरेको जनाएको छ । हिजो अर्थात अक्टोबर २७ का एकै दिनमा १० लाख ६६ हजार ७९६ जनाको नमूना परीक्षण गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ