कतार एयरवेजकाे १० वटा फ्लाइटका महिलालाई निर्वस्त्र बनाएर खानतलाशीः घटनाकाे बिराेध, सरकारले माग्याे माफी 

कतार एयरवेजकाे १० वटा फ्लाइटका महिलालाई निर्वस्त्र बनाएर खानतलाशीः घटनाकाे बिराेध, सरकारले माग्याे माफी 

  • बुधबार, कार्तिक १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 32.4K
    SHARES

एजेन्सि, १२ कार्तिक ।

कतार एयरवेजकाे १० वटा फ्लाइटबाट दाेहा पुगेका महिला यात्रीलाई नांगै बनाएर चेक गरिएकाे खुलासा भएकाे छ । याे घटना २ अक्टाेबरकाे हाे । त्यसमा १३ जना महिला अस्ट्रेलिया का रहेका थिए ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कॉट मॉरीसनले उक्त घटना भयावह और असहनीय हरकत भएकाे बताएका छन् । उता, कतार सरकारले भने घटनालाइ लिएर माफि मागेकाे छ ।

२ अक्टाेबरमा दोहा एयरपोर्टकाे एउटा डस्टबिनमा नवजात बच्चा भेटिएकाे थियाे । सुरक्षा अधिकारिले उक्त बच्चा काेइ यात्रीकाे हुन सक्ने आशंका गरेका थिए । उनीहरूलाइ काेइ यात्रीले उक्त बच्चीलाइ जन्माएर डस्बिनमा फालेकेा आशंका थियाे ।

त्यसैले एयरपोर्टमा आउने सबै महिलाको निर्वस्त्र तलाशी लिइएकाे थियाे । यसरी निर्वस्त्र बनाएर तलाशी लिनुले कसैले बच्चा जन्माएर फालेकाे आशंका थियाे । याे घटनाकाे तस्बिर भने पुरा क्लियर देखिदैन । यस्तै अस्ट्रेलियाबाहेक कुन कुन देशका महिला यात्री थिए र कस कसकाे त्यसरी जाँच गरियाे भनेर खुलिसकेकाे छैन । अर्काेतर्फ त्याे डस्बिनमा भेटिएकाे बच्चा कस्काे थियाे भन्ने पत्ता लागे नलागेकेा पनि खुलाइएकाे छैन ।

दोहा देखि सिडनी जाने एक फ्लाइटका महिलाकाे साथ याे घटना भएपछि अहिले चाैतर्फ बिराेध सुरू भएकाे छ । कुल १० फ्लाइटमा जाने महिला यात्रीमाथि तलाशी लिएकाे घटना सार्वजनिक भएलगत्तै अस्ट्रेलियाका पीएम स्कॉट मॉरिसनले घटनाकाे बिराेध गर्दै भनेका छन्,याे अकल्पनीय, भयावह र असह्य हरकत हाे । म पनि एक छाेरीकाे पिता हुँ । अस्ट्रेलिया हाेस या अन्य कुनै मुलककी महिला यसरी तलाशी लिनु हदैसम्मकाे पिडादायी घटना हाे ।

त्यसरी जाँच कुन कुन एयरपाेर्टमा भएकाे थियाे, कति महिलामाथि त्यस्ताे तलाशी लिइयाे भन्नेबारे जानकारी कतारी सरकारले दिएकाे छैन । न्यूज एजेंसी एएफपीका अनुसार पिडित महिलामध्ये एक फ्रांसकी महिला पनि रहेकी थिइन् ।

कतार इस्लामिक देश भएकाेले चाइल्डबर्थ र यससँग जाेडिएका बिषयमा बनेका कानुन एकदम कडा छन् ।

घटना सार्वजनीक भएपछि कतारी सरकारले घटनाकाे बचाउ गदै भनेकाे छ, हामी  यात्रिकाे सुरक्षालाइ लिएर सतर्क छाै । हामी सिर्फ याे पता लगाउने काेशिस गरिरहेका थियाै कि बच्चालाइ जन्म दिएर कुन महिलाले फ्याकेकाे थियाे ?  ती महिलालाइ राेक्न चाहन्थ्याै । त्यस क्रममा केहिलाइ दुःख भयाे त्यसकाे लागि माफि चाहन्छाै । कसैकाे स्वतन्त्रता छिन्ने हाम्राे उदेश्य हाेइन । सरकारले उक्त घटनाकाे अनुसन्धान गर्न पनि आदेश दिएकाे र उक्त बच्चीकाे स्वास्थ्य अवस्था अहिले ठिक रहेकेा छ ।, भनेकेा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ