रुसमा कोरोना संक्रमणबाट एकैदिन हालसम्मकै उच्च मृत्यु, युरोपमा मृत्युदर ४० प्रतिशतले बढ्यो

रुसमा कोरोना संक्रमणबाट एकैदिन हालसम्मकै उच्च मृत्यु, युरोपमा मृत्युदर ४० प्रतिशतले बढ्यो

  • बुधबार, कार्तिक १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

एजेन्सि, १२ कार्तिक ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपमा पछिल्लो साता कोरोना भाइरस संक्रमितको मृत्युदर ४० प्रतिशतले बढेको  बताएको छ। बेलायत, फ्रान्स, रुस, नेदरल्यान्ड तथा स्पेन लगायतका मुलुकमा एक तिहाइले कोरोना संक्रमण वृद्धि भएसँगै मृत्युदर बढेको हो।

डब्ल्यूएचओकी प्रवक्ता डा. मार्गरेट ह्यारिसले अहिले अस्पतालहरूमा काेराेना संक्रमितकाे संख्या पनि बढेकाे जानकारी दिएकी छिन् ।अस्पतालको क्षमता र व्यवस्थापनमा राम्रो सुधार गरिएको भएपनि थुप्रै देशका अस्पतालहरूमा संक्रमितले फेरी भरिने अवस्था रहेकेा बताएकी छिन् ।

पछिल्लो समय युरोपेली मुलकमा संक्रमण तीव्र बनेसँगै नयाँ प्रतिबन्ध लगाइएको र त्यसको प्रभावकारीता थाहा पाउन दुई साता कुर्नुपर्ने प्रवक्ता ह्यारिसले बताइन्। ‘हामीले संक्रमितको संख्या घट्दै गएको देख्छौँ तर त्यो रातारात देखिने कुरा होइन’, उनले भनिन्।

उता, रुसमा एकैदिन हालसम्मकै उच्च संख्यामा मृत्यु भएको छ। मंगलबार एकैदिन ३२० कोरोना संक्रमितको मृत्यु भयाे । यसअघि साताको पहिलो दिन बुधबार (अक्टोबर २१) मा ३१७ संक्रमितको मृत्यु भएकाे थियाे ।यससँगै रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ५८९ पुगेको छ।

इटालीमा पनि मृतकको संख्यामा वृद्धि
धेरै समयपछि इटालीमा पुनः कोरोना संक्रमण तीव्र हुन थालेको छ। मंगलबार मात्र २२१ जना कोरोना संक्रमितको ज्यान गएको छ। यससँगै इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार ७ सय पुगेको छ।

यस्तै इटालीमा मंगलबार २१ हजार ९९४ नयाँ संक्रमित भेटिएका छन्। यो संख्या साताभरिकै सबभन्दा बढी हो।

बीबीसीका अनुसार सोमबार नयाँ प्रतिबन्धको घोषणा गरेपछि इटालीका सहरहरूमा त्यसविरुद्ध प्रदर्शन भएका छन्।

बेल्जियममा संक्रमित चिकित्सकलाई पनि काममा आउन अनुरोध
बेल्जियमका अस्पतालहरूमा चिकित्सकको कमी हुँदै गएपछि अस्पताल प्रशासनले संक्रमित चिकित्सकलाई समेत काममा आउन आग्रह गरेको छ। पछिल्लो समय अस्पतालहरूमा कोभिडका बिरामीको चाप बढेकाले लक्षण नदेखिएका चिकित्सक तथा नर्सलाई काममा आउन आग्रह गरिएको हो।

हालसम्म बेल्जियममा ३ लाख ३३ हजार ७१८ जना संक्रमित भइसकेका छन्। त्यस्तै १० हजार ८९९ को मृत्यु भइसकेको छ।

बेल्जियममा मंगलबार मात्र १२ हजार ६८७ नयाँ संक्रमित भेटिएका छन् भने ८९ जनाको मृत्यु भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ